कांग्रेसमा गौडेल र कुर्मीका बीचमा फेरि मतदान हुने

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेको सभापतिका लागि पुनः मतदान हुने भएको छ ।
सभापतिका तिनै जना उम्मेदवारले ५० प्रतिशतबढी मत ल्याउन नसकेका कारण निकटतम प्रतिस्पर्धीका बीचमा शुक्रबार मतदान हुने भएको हो ।
जिल्ला निर्वाचन परिचालन समिति, बाँकेका अनुसार, बिहीबार खसेको एक हजार ४५ मतमध्ये नारायणप्रसाद गौडेलले ५ सय ६९, बादशाह कुर्मीले ५ सय ३८ र सुरेन्द्र हमालले ३ सय १४ मत ल्याएका थिए । २४ मत बदर भएको थियो ।
दोस्रो चरणमा गौडेल र कुर्मीका बीचमा प्रतिस्पर्धा हुनेछ । शुक्रबार विहान १० देखि दिउँसो ३ बजेसम्म पुनः मतदान हुने समितिले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !