बाँकेमा कोरोनाका सक्रिय संक्रमित दुई जना

नेपालगञ्ज – बाँकेमा कोरोनाका सक्रिय संक्रमित दुई जनामा झरेको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, जिल्लामा अब कोरोना सक्रिय संक्रमित दुई जना पुरुषमात्रै रहेका छन् ।
कोरोना संक्रमण दर घटिसकेको छ भने संक्रमित शून्यतिर झर्दै गइरहेको छ । शुक्रबार जिल्लामा सय जनाको परीक्षण हुँदा ५ जनालाई कोरोना देखिएको थियो । कोरोना देखिएका ५ जनामध्ये बाँकेका एक जना रहेका छन् ।
भेरी अस्पतालमा ३४ जनाको परीक्षण गर्दा ३ जना र कोहलपुर मेडिकल कलेजमा ४५ जनाको परीक्षण गर्दा २ जनालाई कोरोना पुष्टि भएको हो । बागेश्वरी ल्याबमा २१ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
बाँकेको अस्पतालमा दुई जना संक्रमित रहेका छन् । शुक्रबार ८ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !