कांग्रेस बाँकेमा गौडेल

नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेको सभापतिमा नारायणप्रसाद गौडेल विजयी भएका छन् ।
दोस्रो चरणमा भएको मतदानमा संस्थापन पक्षका बादशाह कुर्मीलाई ९७ मत अन्तरले पराजित गर्दै कोइराला समूहका गौडेल विजयी भएका हुन् । गौडेलले ७ सय ६० मत र कुर्मीले ६ सय ६३ मत ल्याएका थिए ।
पहिलो चरणमा सभापतिका तीन जना उम्मेदवार थिए । सुुरेन्द्र हमाल सभापतिको दौडबाट बाहिरिएपछि उनले पाएको मत गौडेललाई गएको देखिन्छ । कुर्मी र हमाल संस्थापन पक्षका नेता हुन् ।
केन्द्रले हमाललाई अगाडि सारिरहदा यही क्षेत्रका सहमहामन्त्री किशोरसिंह राठौरले कुर्मीलाई च्यापेपछि संस्थापन समूह दुई टुक्रामा बाँडिएको कांग्रेसका नेताहरु बताउँछन् ।


error: यो सुविधा उपलब्ध छैन !