अटोमेटिक पेस्तोल र गोलीसहित तीन जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले अटोमेटिक पेस्तोल, नौ राउण्ड गोली र खुँडासहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।
बाँके प्रहरीले पत्रकार सम्मेलन गरेर दिएको जानकारी अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ का दिपेन्द्र अधिकारी, वडा नं. १८ का सुशान्त केसी र कैलालीका द्वारिका उपाध्यायलाई मेड इन यूएसए लेखेको अटोमेटिक पेस्तोल, त्यसमा प्रयोग हुने नौ राउण्ड गोली र खुँडासहित डुडुवाबाट नियन्त्रणमा लिइएको छ ।


बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले डुडुवास्थित राप्ती पुल नजिक गोली चलेको आवाज आएपछि इप्रका वनकट्टी (क)बाट गएको प्रहरी टोलीले सुशान्त केसीले चलाएको बाग्मति प्रदेश ०१–०२५ च ३०९७ नम्बरको गाडी रोकेर जाँच गर्दा पेस्टोल, गोली र खुँडा बरामद भएको जानकारी दिनुभयो । प्रहरीका अनुसार, दिपेन्द्रको यसअघि बाँकेमा सात वटा विभिन्न मुद्दा रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !