मान्छे खाने बाघ नियन्त्रणमा

 

नेपालगञ्ज – मान्छेलाई पटक–पटक आक्रमण गरेको बाघलाई नियन्त्रणमा लिइएको छ ।
वन डिभिजन कार्यालय, बाँकेका प्रमुख दधीराम कँडेलका अनुसार, राप्तीसोनारी गाउँपालिका वडा नं. ६, राप्तीपीडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको छ । राप्तीपीडित सामुदायिक वनमा पछिल्लो पटक बाघले धनबहादुर चलाउनेलाई आक्रमण गरेपछि वनको टोलीले बाघ नियन्त्रणमा लिने प्रयास गरेको थियो ।
नियन्त्रणमा लिइएको बाघलाई खोरमा लैजान थालिएको वन अधिकृत कँडेलले बताउनुभयो । पछिल्लो केही महिनादेखि राप्तीसोनारी गाउँपालिका वडा नं. ४ र ६ मा बाघले पटक–पटक आक्रमण गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !