ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालयको लागु पदार्थ दुव्र्यसनविरुद्ध विविध कार्यक्रम

नेपालगञ्ज – ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगञ्जद्वारा मंगलवार महाशिवरात्री शिवध्वजारोहण तथा स्नेह मिलन समारोहको आयोजना गरिएको छ ।
ब्रम्हकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्दका उपाध्यक्ष तथा क्षेत्रीय संयोजक ब्रम्हकुमारी दुर्गा दिदीको अध्यक्षता पूर्व सूचना तथा सञ्चार मन्त्री शिवराज जोशीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्षेत्रीय कार्यालय नेपालगञ्जका ब्रम्हकुमार कृष्णले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
ब्रम्हकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगञ्जकी ब्रम्हकुमारी मुनाद्वारा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथि पूर्व पर्यटन तथा सँस्कृति राज्यमन्त्री बलबहादुर महत, विशिष्ट अतिथि जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता तथा वार्ड नं.१ का वडाध्यक्ष प्रमोद रिजाल रहनु भएको थियो ।
प्रमुख अतिथि सूचना तथा सञ्चार पूर्व मन्त्री शिवराज जोशीले ५ वर्ष पहिले आज महाशिवरात्री पर्वकै दिनबाट मैले आध्यात्मिक यात्रा शुरु गरेको बताउनु भएको थियो । राजयोगबाट म को हुँ भन्ने आफैले चिन्न सिकाउँछ, आफुमा रहेका विकृति विसंगतिबाट कसरी छुट्कारा पाइन्छ भन्ने ज्ञान यस केन्द्रबाट प्राप्त हुन्छ भन्नु भयो ।
ब्रम्हकुमारी ईश्वरी विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपालकी उपाध्यक्ष तथा क्षेत्रीय संयोजक ब्रम्हकुमारी दुर्गाले महाशिवरात्रीको दिन अखाद्य वस्तु खानु हुँदैन, सुखाद्य वस्तु मात्र मानव जातिले खानु पर्दछ भन्नु हुँदै गाँजा भाङ धतुर जस्ता मानव स्वास्थ्यको लागि खराब हुने अखाद्य वस्तुबाट मानव जातीलाई मुक्ति दिलाउन भगवान शिव बाबाले ग्रहण गर्नु हुन्छ , त्यसैले आज शिवरात्रीको पवित्र दिन उहाँलाई चढाएर संकल्प गर्नुपर्ने जिकीर गर्नुभयो ।
राजयोगिनी ब्रम्हकुमारी दुर्गाले रक्सी, तमाखु, पानबिडी सिगरेट, सुर्तीजन्य जुनसुकै नशालु पदार्थ सेवन गर्नु मानव स्वास्थ्यको लागि हानीकारक हो, किनभने यसले विभिन्न किसिमका रोगहरुलाई निम्त्याउँछ भन्दै यस्ता वस्तुबाट अमूल्य मानव जीवनलाई टाढा राखौं भन्ने संकल्प गर्न सबैलाई आग्रह गर्नु भयो । यस्तै विकारजन्य वस्तुको सेवनले नकारात्मक सोंचको विकास हुने भएकोले आज हाम्रो समाजमा हत्या हिंसा, बलात्कार, चोरी डकैती जस्ता अपराध बढ्दै गएको हुँदा समयमैं सोंच बदलौं भन्नु भयो ।
सो अवसरमा नेपालगञ्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष तथा कसौंधन बैश्य समाज नेपालगञ्जका अध्यक्षका नन्दलाल बैश्यले ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगञ्जकी क्षेत्रीय निर्देशक ब्रम्हकुमारी दुर्गालाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, वरिष्ठ पत्रकार पूर्णलाल चुके, नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय सदस्य अच्यूत प्रसाई, कसौंधन वैश्य महिला मञ्चकी संगिता बैश्य, नेपालगञ्ज जेसीजका पूर्व अध्यक्षद्वय बसन्तकुमार कनौजिया र खडकबहादुर बोहरा, अग्रगामी सहकारी संस्था लि.का अध्यक्ष उषा भण्डारी, रिटर्नी नेपालकी केन्द्रिय उपाध्यक्ष हिरा खराल, डा.दिनेश चौधरी, डा. दिपेश गुप्ता, डा. शर्मिला गुप्ता, डा. खगेन्द्र शाह, डा. पियुष कनौडिया, डा. विनोद कुमार खेतान लगायतको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरुले झण्डोत्लोलन गर्नु भएको थियो ।
कार्यक्रममा पूर्णतारा फाउण्डेशनकी अध्यक्ष तारा रोकायाले “कति राम्रो बाबाको मन्दिर, हेर हेर …..” बोलको शिव भजन प्रस्तुत गर्नु भएको थियो ।
आजकै दिन नेपालगञ्जको कार्यक्रम पछि कोहलपुरको विभिन्न स्थानहरुमा दिउँसो शिवध्वजारोहण तथा आध्यात्मिक प्रवचन कार्यक्रम र आध्यात्मिक चेतनामूलक चित्र प्रदर्शनी आयोजना गरिएको थियो ।
जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीको प्रमुख आतिथ्य र व्रम्हाकुमारी इन्दिराद्वारा सञ्चालित कार्यक्रममा कोहलपुर नगरपालिकाका कार्यकारी अधिकृत लगायत अन्य अतिथिहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगञ्जकी क्षेत्रीय निर्देशक ब्रम्हकुमारी दुर्गाले यसपाली महाशिवरात्री पर्वमा हामी लागु पदार्थ दुव्र्यसन तथा गाँजा भाङ आदि नशालु वस्तुहरुको सेवनलाई न्यूनीकरण गर्न र रचनात्मक रुपमा मनाउने सन्देश बाँके र बर्दियामा शिव दर्शन आध्यात्मिक झाँकी र र्यालीको आयोजना गरेको बताउनु भयो ।
व्रम्हाकुमार कृष्णका अनुसार महाशिवरात्री महोत्सव अन्तर्गत फाल्गुन ११ गते बुधवार बाँकेको फत्तेपुर, बिनौना र नरैनापुर, फाल्गनु १२ बिहीवार गते नेपालगञ्जको भृकुटीनगरमा, नेपालगञ्जको राँझामा, परसपुर, खजुरा गाउँपालिकाको सैनिक क्षेत्रको रिमझिम चोक, एलगाउँ गौघाट, के गाउँमा, फाल्गुन १३ गते शुक्रबार नेपालगञ्ज देखि खजुरा, बर्दियाको मैनापोखर गुलरिया, मधुबन बजार हँुदै राजापुरसम्मको यात्रा गरिएको थियो ।
यसैगरी फाल्गुन १४ गते शनिबार नेपालगञ्जको कारकाँदौम, नेपालगञ्जको धम्बोझी उप–केन्द्रमा, फाल्गुन १५ गते आइतवार नेपालगञ्जदेखि कोहलपुर, सम्झना बजार, बाँसगढी, लक्ष्मणासम्म र फाल्गुन १६ गते सोमबार मुक्तिपुर, विभिन्न स्थान र चोकहरुमा शिवध्वजारोहण तथा आध्यात्मिक प्रवचन कार्यक्रम र आध्यात्मिक चेतनामूलक चित्र प्रदर्शनी गरिएको थियो ।
यसरी ब्रम्हकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र नेपाल, क्षेत्रीय कार्यालय नेपालगञ्जले लागू पदार्थ दुव्र्यसन तथा गाँजा भाङ आदि नशालु वस्तुहरुको सेवनलाई न्यूनीकरण गर्न र जनचेतनामूलक सन्देश दिंदै बाँके र बर्दिया जिल्लाका विभिन्न स्थानमा भव्य रुपमा महाशिवरात्री महोत्सव सप्ताहव्यापी विविध कार्यक्रम सम्पन्न गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !