संस्थापनबाट हमाल नै आधिकारिक ?, कुर्मीको आफ्नै दावी

नेपालगञ्ज – नेपाली कांग्रेसका केन्द्रिय सदस्य मैकुलाल वाल्मिकीले संस्थापन समूहको उम्मेद्वार सुरेन्द्र हमाल भएको बताएका छन् ।
कांग्रेसका प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतले आफुलाई बाँकेको आधिकारिक उम्मेद्वार हमाल रहेको खबर गरेकाले बालुवाटारबाट आएको निर्देशन अनुसार हमाललाई संस्थापन पक्षको उम्मेद्वार रहेको विषयमा पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन् ।
मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन गर्दै हमाल आधिकारिक भएको घोषणा गरेका हुन् ।
अर्का उम्मेदवार बादशाह कुर्मीले मंगलबार विहान नै आफू संस्थापन पक्षको आधिकारिक उम्मेदवार रहेको जानकारी गराएका छन् । कांग्रेस बाँकेको सभापतिका लागि तीन जनाको उम्मेदवारी परेको छ । संस्थापन इतरबाट नारायण गौडेलको उम्मेदवारी रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !