शंकास्पद प्रेसर कुकर नेपाली सेनाद्वारा डिस्पोज

नेपालगञ्ज – बाँकेको खजुरामा राखिएको ‘नो एमसीसी’ लेखेको प्रेसर कुकरलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
बमको आशंका गरिएको उक्त शंकास्पद बस्तुलाई नेपाली सेनाको बम डिस्पोजलसहितको भैरवप्रसाद गणको टोलीले नष्ट गरेको हो ।
खजुरा गाउँपालिकाको वडा नं. ३, मनकामना चोक नजिक शंकास्पद बस्तु भेटिएपछि आवागमन अवरुद्ध भएको थियो । बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले तार र हुकहरु रहेको प्रेसर कुकर बम नरहेको बताउनुभयो । उहाँका अनुसार, नेपाली सेनाको टोलीले शंकास्पद कुकरलाई सुरक्षित तरिकाले नष्ट गरेपछि आवागमन सुचारु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !