कमाण्ड सेनापति ट्रफी : सेमिफाइनल समीकरण पूरा

नेपालगञ्ज – भैरवप्रसाद गण, इमामनगर ब्यारेक राँझामा भइरहेको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।
समूह एको विजेता हुँदै भैरवप्रसाद गण र उपविजेता भएर चन्दननाथ गण, मालिका ब्यारेक जाजरकोट तथा समूह बीको विजेता भएर रणबम गण, डडेल्धुरा र उपविजेताको रुपमा रुद्रध्वज गण, सिलगढी ब्यारेक डोटी सेमिफाइनलमा पुगेका छन् ।
अब सेमिफाइनलमा भैरवप्रसाद र रुद्रध्वज तथा रणबम र चन्दननाथ गण बीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनलमा पुगेका चार वटै टीम चैत्रमा हुने प्रधानसेनापति ट्रफी फुटबल प्रतियोगितामा छनौट भएका छन् ।
बुधबार भएको लिगको अन्तिममा खेलमा चन्दननाथ गण र रणबम गण विजयी भएका छन् । पहिलो खेलमा चन्दननाथले नन्दबक्स गण, जुम्लालाई ५–० गोलले पराजित ग¥यो । चन्दननाथबाट ५ मिनेटमा चिरञ्जीवी सुनुवार, ९ र १० मिनेटमा ईश्वर चौधरी, २४ मिनेटमा जीतबहादुर मिजार र ७६ मिनेटमा दिपेन्द्र राजबंशीले गोल गरेका थिए ।


दोस्रो खेलमा रणबमले रुद्रध्वज गणलाई २–१ गोलले पराजित गरेको छ । खेलमा अग्रता भने रुद्रध्वजले लिएको थियो । ६८ मिनेटमा रुद्रध्वजका चित्रबहादुर खड्काले गोल गरेका थिए । ७१ मिनेटमा अरुण खवास र ८२ मिनेटमा रविन सदाको गोलले रणबमले पुनरागमन जीत निकालेको हो ।
प्रतियोगिताको सेमिफाइनल र फाइनल खेल नेपालगञ्जस्थित रंगशालामा हुने भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले जानकारी दिनु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !