श्रीनगरटोलको सडक शिलान्यास

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ कारकादोमा बिहीबार थप एउटा सडक निर्माणका लागि शिलान्यास भएको छ ।
वडा अध्यक्ष दीपक बर्माले भाट्भटेनीदेखि पश्चिममा रहेको श्रीनगर टोलमा वडाको बजेट ३१ लाख ५ हजारको लागतमा २१३ मिटर कालो पत्रे सडक निर्माणका लागि टोलबासीको बृहत उपस्थितिमा शिलान्यास गर्नु भयो । सो अवसरमा उक्त टोलमा थप सडकका लागि पनि पहल भइरहेको वडा अध्यक्ष बर्माले बताउनु भयो । वडा नं १८ कारकादोमा लगातार सडक निर्माणले प्राथमिकता पाएको छ । यही आर्थिक बर्षमा ३ वटा पीच र ९ वटा पीसीसी सडक निर्माण सम्पन्न भइसकेका छन् भने २ वटा पीच र ३ वटा पीसीसी सडक निर्माण जारी छन् । बाँकी सडक निर्माणको शुरूवात केही दिन मै शुरु हुने वडा अध्यक्ष बर्माले बताउनु भयो ।


error: यो सुविधा उपलब्ध छैन !