मुगुका ५७ वर्षीय कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पतालमा मुगुका कोरोना संक्रमित ५७ वर्षीय पुरुषको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, फाल्गुन १ गते पीसीआर गरिएका संक्रमितलाई ४ गते भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको शनिबार विहान ८.३० बजे मृत्यु भएको छ ।
यो सँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका ४ सय ४९ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !