नयाँ सबुज र भवानी बक्स गण बराबर

नेपालगञ्ज – भैरवप्रसाद गणको आयोजनामा राँझामा भइरहेको कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगितामा नयाँ सबुज गण, सुर्खेत र भवानी बक्स गण, अछामले अंक बाँडेका छन् ।
दुवै टीमले दोस्रो खेल खेल्दा गोलरहित बराबरी खेलेका हुन् । दुवैतर्फबाट गोल गर्ने अवसरहरु सिर्जना भएपनि गोल हुन नसकेपछि अंक बाँडेका छन् । नयाँ सबुज गणले पहिलो खेल पनि बराबरी खेलेको थियो । दुई खेलबाट उसको दुई अंक भएको छ । भवानी बक्स गण पहिलो खेलमा पराजित भएको थियो । दुई खेल खेल्दा उसले एक अंक जोडेको छ ।
समूह बीमा नयाँ सबुज गण, रुद्रध्वज गण, भवानी बक्स गण र रण बम गण रहेका छन् । एक खेल खेलेको रण बम गण तीन अंकसहित शीर्षस्थानमा रहेको छ । आठ वटा टीममध्ये शीर्ष चार टीम चैत्र १६ देखि जेठ २ गतेसम्म हुने ‘प्रधान सेनापति ट्रफी’मा सहभागी हुनेछन् ।


error: यो सुविधा उपलब्ध छैन !