११ जनालाई कोरोना, ६ जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा शनिबार ११ जना कोरोना संक्रमित थपिएका छन् ।
यहाँका तीन वटा ल्याबमा एक सय ३८ जनाको परीक्षण गर्दा ११ जनालाई कोरोना देखिएको हो । भेरी अस्पतालमा ५३ जनाको परीक्षण गर्दा ६ जना र कोहलपुर मेडिकल कलेजमा ५९ जनाको परीक्षण गर्दा ५ जनालाई कोरोना पुष्टि भएको थियो । बागेश्वरी ल्याबमा २६ जनाको परीक्षण गर्दा कसैलाई पनि कोरोना देखिएन ।
जिल्लामा सक्रिय संक्रमित २० जना रहेका छन् । १४ जनाको अस्पतालमा उपचार भइरहेको छ । शनिबार ६ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !