जिल्ला लिग शुरु, धम्बोझी र कारकादो बराबरी

नेपालगञ्ज – बाँकेमा जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको छ ।
बाँके जिल्ला फुटबल संघको आयोजनामा नेपालगञ्ज रंगशालामा शनिबारदेखि जिल्ला लिग फुटबल प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन खेलमा धम्बोझी क्लव र कारकादो क्लवले बराबरी खेलेका छन् । खेल शुरु भएको ९ मिनेटमा धम्बोझीका बुद्ध शाहीले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । खेलको ५१ मिनेटमा पाएको पेनाल्टीमा कारकादोका श्रीजन भाक्रीले गोल गरेर टीमलाई बराबरीमा ल्याएका थिए । त्यसपछि कुनै पनि टीमबाट गोल हुन
सकेन ।


प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मोहित शाह, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारी, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही, महासचिव गोविन्द श्रेष्ठ, जिल्ला प्रशासन कार्यालय, बाँकेका प्रशासकीय अधिकृत रामकुमार सोनकरलगायतका क्लवका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।
प्रतियोगितामा जिल्लाका ११ वटा टीमको सहभागिता रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !