राप्रपा नेपालको केन्द्रीय समितिमा बाँकेका सात जना थपिए

 

नेपालगञ्ज – बाँकेका प्रभावशाली राप्रपा नेताहरु पुनर्गठित राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको केन्द्रिय सदस्य पदमा समेटिएका छन् ।
राप्रपाको महाधिवेशन पश्चात निवर्तमान अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री कमल थापाले राप्रपा पार्टी परित्याग गरेपछि थापा समर्थक नेताहरुले समेत पार्टी परित्याग गरेका थिए । राप्रपा नेपाललाई पुनर्गठन गर्दै थापाको अध्यक्षतामा घोषणा गरिएको राप्रपा नेपाल पार्टीको केन्द्रिय समितिलाई पूर्णता दिनेक्रममा बाँकेबाट हिक्मत ढकाल, खेमराज गौतम, टोपेन्द्रबहादुर शाही, श्रीधर सुवेदी, मो. खालिद ईराकी, आशा धिमाल, लक्ष्मी हमाल केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
यस्तै बाँकेबाट राप्रपाको राजनीति शुरु गरेका युवा नेता पुरु दाहाल पनि कैलाली जिल्लाबाट केन्द्रिय सदस्यमा समेटिएका छन् । राप्रपा नेपालको केन्द्रिय सदस्यमा समेटिएका ढकाल राप्रपाको केन्द्रिय पदाधिकारी रहिसकेका यस क्षेत्रकै प्रभावशाली नेता हुन् भने सुवेदी राप्रपा बाँकेको पार्टी प्रवक्ताको जिम्मेवारी पुरा गरिसकेका युवा नेता हुन् । यस्तै इराकी मुश्लिम समुदायमा चर्चित र प्रभावशाली नेताको रुपमा चित्रण गरिदै आइएको छ । यस्तै बाँकेबाट केन्द्रिय ससदस्यमा समेटिएका धिमाल र हमाल पनि यस क्षेत्रमा राजनीतिक सम्भावना उच्च रहेका राजनीतिक कार्यकर्ताको रुपमा हेरिने गरिएको छ । केन्द्रिय सदस्यले पूर्णता पाएसँगै पदाधिकारी पनि टुङ्गिने राप्रपा युवा नेता सुवेदीले बताउनुभयो । केन्द्रिय सदस्य सुवेदीका अनुसार, राप्रपा नेपालको अध्यक्ष थापाको अध्यक्षतामा सम्पन्न पहिलो बैठकले पार्टीको घोषणापत्र र विधान मस्यौदालाई परिमार्जन सहित पारित गर्दै घोषणापत्रमा सनातन वैदिक मुल्य, मान्यता र चिन्तनमा आधारित सम्बद्र्धनवाद पार्टीको बैचारिक दर्शन हुनेछ । बैठकले गत पन्ध्र वर्षको अभ्यास र अनुभवलाई दृष्टिगत गर्दै धर्मनिरपेक्षता विनाशर्त खारेज गरिनुपर्ने र संघीयताको वर्तमान स्वरुप र संरचनालाई परिवर्तन गर्नुपर्ने माग सहित ८ वटा महत्वपूर्ण विषयमा निर्णय समेत गरेको छ । वैठकबाट निर्णय भए अनुसार स्थानीय निकायको निर्वाचनको तयारीको लागि गठित स्थानीय निकाय निर्वाचन परिचालन समितिमा बाँकेबाट खेमराज गौतम पनि सदस्यमा समेटिएको राप्रपा नेपालका युवा नेता सुवेदीले जानकारी दिनु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !