बाँकेमा आठ जना थपिए, सात जना डिस्चार्ज

 

नेपालगञ्ज – बाँकेमा आठ जना कोरोना संक्रमित थपिएका छन् । सात जना डिस्चार्ज भएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, ६८ जनाको परीक्षण गर्दा आठ जना थपिएका हुन् ।
भेरी अस्पतालमा २१ जनाको परीक्षण गर्दा एक जना, कोहलपुर मेडिकल कलेजमा १९ जनामा तीन जना र बागेश्वरी ल्याबमा २८ जनाको परीक्षण गर्दा चार जनालाई कोरोना देखिएको छ । बाँकेमा सक्रिय संक्रमित ३९ जना रहेका छन् । ११ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच, गएराती बर्दिया गुलरिया नगरपालिका वडा नं. ८ का २७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । भेरी अस्पतालमा माघ २८ गते पीसीआर गरिएका उनलाई फाल्गुन ७ गते भर्ना गरिएको थियो ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४ सय ४८ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !