डुडुवाका बालविकास केन्द्रलाई कुसन र कारपेट वितरण

डुडुवाका बालविकास केन्द्रलाई कुसन र कारपेट वितरण
डुडुवा – डुडुवा गाउँपालिकाअन्तर्गत सञ्चालित बाल विकास केन्द्रलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । डुडुवा गाउँपालिकाको वार्ड नं. १ देखि ६ वटै वडा अन्तर्गत रहेका ७२ वटा बालविकास केन्द्रलाई कुसन र कारपेटलगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।
डुडुवा–२ स्थित लाली गुँरास प्रारम्भिक बाल विकास केन्द्रमा कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सामाग्री हस्तान्तरण गर्दै अहिले चिसोको मौसममा साना बालबालिकाहरुलाई बस्न न्यानो हुने बताउनुभयो । उहाँले गाउँपालिकाले साना नानी बाबुहरुको शिक्षातर्फ पढ्ने बानी विकासका लागि बालविकास केन्द्रको पढाइ प्रभावकारी रहेको भन्दै पछिल्लो अवस्थामा सबै बालविकास केन्द्रको सञ्चालन नियमित र प्रभावकारी बनाइएको बताउनुभयो ।
अध्यक्ष चौधरीले विगतमा नाम मात्रका रहेका बालविकास केन्द्रहरुलाई शिक्षाको कार्यविधि र योजना अनुसार प्रभावकारी व्यवस्थापन गरि नियमित रुपमा सञ्चालनमा ल्याइएको बताउनुभयो । यो सामाग्रीले बालबालिकाहरुलाई बसेर पढ्न तथा खेल्नका लागि सहयोग गरेको शिक्षा शाखाले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !