भेरोसेल एक मात्रा लगाएकी महिलाको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा बर्दियाका कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, भेरोसेल खोप एक मात्रा लगाएकी बढैयाताल गाउँपालिका वडा नं. ९ की ३६ वर्षीया महिलाको मृत्यु भएको छ । फाल्गुन २ गते भेरीमा पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । गएराती उनको मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४ सय ४७ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !