त्रिभुवनचोकमा युवा र वीरेन्द्रचोकमा प्रहरीको पहरा

नेपालगञ्ज – नेपालगञ्जको त्रिभुवनचोकमा राजा त्रिभुवनको शालिक राखेपछि त्यसलाई प्रहरीले फाल्ने आशंका गरेर शालिक राख्नेहरुले राती पहरा दिएका छन् ।
शनिबार विहान शालिक राखेका राजा समर्थित युवाले राती पहरा दिएका हुन् । शालिक हटाउन माथिबाट निर्देशन आएको हल्ला चलेपछि शालिक राख्नेहरु राती आगो तापेर चोकमा बसेका थिए । यता, प्रहरीले वीरेन्द्रचोकमा पहरा दिइरहेको छ । राजा समर्थितले वीरेन्द्रचोकमा पनि शालिक राख्ने उद्घोष गरेपछि प्रहरीले शालिक राख्न नदिन वीरेन्द्रचोकमा पहरा दिइरहेको छ । ठूलो संख्याका प्रहरी रात दिन त्यहाँ खटिएको छ ।


बाँके प्रहरीले शालिक राख्ने, हटाउने सम्बन्ध सबै पक्षसँग छलफल चलाउने जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !