हिमानी कोषद्वारा विद्यार्थीलाई सहयोग

नेपालगञ्ज – हिमानी कोषको आयोजनामा नेपालगञ्जमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सहयोग गरिएको छ ।
कोषको आयोजनामा शनिबार नेपालगञ्जमा भएको कार्यक्रममा पूर्व अधिराजकुमारी प्रेरणा राज्य लक्ष्मी सिंह र पूर्व शाहज्यादी दिलाशा राज्य लक्ष्मी राणाले तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पानी स्वतः प्रशोधन हुने बोतल र मास्क हस्तान्तरण गर्नुभयो ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणाका अनुसार नगरको हनुमान प्रावि, नेपाल राष्ट्रिय आधारभुत विद्यालय घरबारी टोली र पाटेश्वरी आधारभुत विद्यालयका ६ सय विद्यार्थीलाई पानी स्वत ः प्रशोधन हुने बोतल र मास्क सहयोग गरिएको हो । सो अवसरमा नगर प्रमुख राणाले हिमानी कोषले यसअघि पनि नगरमा सिलाईकटाई तालिम प्राप्त महिलालाई मेसिन सहयोग गरेको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा हिमानी कोषका कार्यालय प्रमुख उत्तम निरौला, कानूनी सल्लाहकार अनिता केसी, नेपालगञ्ज उपमहानगरपालिकाका कार्यपालिका सदस्य इन्दिरा शाही लगायतले हिमानी कोषले मानवीय सहयोगप्रति आभार प्रकट गर्नुभयो । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, सन्त श्री निवास लगायतको कार्यक्रममा सहभागिता थियो ।


error: यो सुविधा उपलब्ध छैन !