त्रिभुवनचोकमा राजा त्रिभुवनको शालिक राखियो

नेपालगञ्ज – नेपालगञ्जको त्रिभुवनचोकमा स्व. राजा त्रिभुवनको शालिक राखिएको छ ।
प्रजातन्त्र दिवसको अवसर पारेर राजा समर्थितले त्रिभुवनचोकमा राजा त्रिभुवनको अर्धकदको शालिक राखेका हुन् ।
शालिक राख्ने क्रममा उपस्थितले ‘राजा आऊ, देश बचाऊ, इतिहास मेट्न पाइदैन, राजा त्रिभुवन अमर रहुन्’जस्ता नारा लगाएका थिए ।
त्रिभुवनचोकको शालिक दोस्रो जनआन्दोलनको बेलामा तोडफोड गरिएको थियो । २०६१÷६२ को जनआन्दोलन अघि त्यहाँ राजा त्रिभुवनको पूर्णकदको शालिक रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !