बाघको आक्रमणबाट चलाउनेको मृत्यु

नेपालगञ्ज – बाँकेमा बाघले मान्छेलाई आक्रमण गरेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ६, गुलरीका ६० वर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणको मृत्यु भएको हो ।
वडाध्यक्ष जनकबहादुर थारुका अनुसार, ढलहियाको जंगलमा चलाउनेलाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट मृत्यु भएका चलाउनेको शव फेला परेको छ ।
राप्तीसोनारी गाउँपालिका वडा नं. ६ मा यसअघि पनि बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको थियो । त्यसपछि प्राविधिक टोलीले एक हप्तासम्म बाघलाई नियन्त्रणमा लिने प्रयास गरेपनि सफल हुन सकेका थिएनन् ।


error: यो सुविधा उपलब्ध छैन !