डुडुवामा श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधाम निर्माण

डुडुवा – बाँके डुडुवा गाउँपालिका वार्ड नंं ६ स्थित बकौली गाउँमा आकर्षक मन्दिर निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधाम निर्माण गरिएको हो ।
नवनिर्मित मन्दिरको एक समारोहका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले उद्घाटन गर्दै धार्मिक मठ मन्दिरले मानवको मनमष्तिकमा सकारात्मक ज्ञानको प्रभाव श्रवण हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष चौधरीले धार्मिक स्थलमा गएर एकछिन भएपनि मनलाई शान्ति बनाउने पवित्र स्थानमा भौतिक पूर्वाधारले मद्दत पु¥याएको भन्दै भक्तजन तथा साधुसन्तहरुलाई पूजापाठ, भजन किर्तन, प्रबचन तथा विभिन्न धार्मिक संस्कार गर्नका लागि उत्तम स्थान भएको बताउनुभयो ।
उद्घाटन समारोहमा श्री नवतनधाम काठमाण्डौका गान्धीपति १०८ श्री अमृतराज महाराज, श्रीकृष्ण प्रणामी मन्दिर कुटेश्वरधाम समितिका केन्द्रीय अध्यक्ष श्यामकृष्ण शर्मा, उपमहासचिव नगेन्द्र खड्का, केन्द्रीय सदस्य गोपाल कृष्ण संजेल, भुपेन्द्र मान प्रधान लिलाराम भारती, गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्य लिलावति यादव, वडासदस्य नेतराम मौर्य लगायतको सहभागिता रहेको थियो ।
स्थानीय गंगासागर बर्मा र मालती प्रसाद बर्माले दान गर्नुभएको साढे तीन कठ्ठा जग्गामा सो मन्दिर निर्माण गरिएको हो । गाउँपालिकाको ३९ लाखको लागतमा उक्त मन्दिरको निर्माण गरिएको छ ।
यसैगरि उक्त मन्दिरको उद्घाटनसंगै श्रीमद भागवत ज्ञान महायज्ञ सप्ताह पनि शुरु भएको छ । महायज्ञमा भारत बृन्दाबनका जानवीं किशोरी प्रमुख कथा बाचन गर्नुहुनेछ भने अन्य पण्डित र सांस्कृतिक समुहको सहभागिता रहने जनाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !