प्रदेश स्थापना दिवसमा वृक्षारोपण

नेपालगञ्ज – लुम्विनी प्रदेश स्थापना दिवसका अवसर पारेर बाँकेमा धार्मिस्थलमा वृक्षारोपण गरिएको छ । जोगागाउँ मेला लाग्ने स्थल जानकी गाउँपालिका – २, जोगागाउँ मन्दिरमा वृक्षारोपण गरिएको हो । पारिवारिक निजी वन संघ र डिभिजन वन कार्यालय, बाँकेको संयुक्त आयोजनामा भएको वृक्षारोपण कार्यक्रममा प्रदेश सांसद आईपी खरेलले वातावरण संरक्षणका लागि वन संरक्षणमा जोड दिदै रोपिएका विरुवाको संरक्षणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । पारिवारिक निजी वन संघ बाँकेका सचिव सुनिल घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा संघका प्रदेश सचिव किरण ढकाल, डिभिजन वन कार्यालयका प्रमुख दयानिधि दवाडी, जानकी गाउँ कार्यपालिका सदस्य टिकाराम सुनार लगायतको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !