प्रमुख सेनानी कार्की र थापाको गोलमा पश्चिम कमाण्ड विजयी

नेपालगञ्ज – नेपालगञ्जमा भएको मैत्रीपूर्ण भेट्रान फुटबल खेलमा नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटरको टीम विजयी भएको छ ।
पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीको कप्तानीमा रहेको नेपाली सेनाले एन्फा लुम्बिनीका उपाध्यक्ष सूर्यमणि अधिकारीको कप्तानीमा रहेको रोयल नेपालगञ्ज फुटबल क्लवलाई २–१ गोलले पराजित गरेको हो ।
खेलमा गोलको अग्रता रोयलले लिएको थियो । अमृत श्रेष्ठले गोल गरेका थिए । एक गोलले पछि परेपछि पश्चिम कमाण्डको टोली आक्रमक बनेको थियो । प्रमुख सेनानी प्रदीप थापाको गोलबाट पश्चिम कमाण्ड खेलमा फर्किएको थियो । पश्चिम कमाण्ड सेनापति उपरथी शाहीको पासमा भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्कीले विजयी गोल गरेका थिए ।


पश्चिम कमाण्डको तर्फबाट प्रमुख सेनानीहरु सञ्जीव भण्डारी, बालमुकुन्द थापा, सुनिल मल्ल, रवि केसी, रविन थापा, मेजर दीप श्रेष्ठ र पुकार शाह मैदानमा उत्रिएका थिए । रोयलका तर्फबाट सविन घिमिरे, केशव राना, नरेश परियार, उदय अधिकारी, तोया कँडेल, विष्णु रिमाल, अपूर्व सिंह, रविन्द्र पराजुली, ज्ञानमणि अधिकारीलगायत खेलेका थिए ।
यसअघि पनि पश्चिम कमाण्ड सेनापति उपरथी शाही नेपालगञ्ज आएको बेलामा रोयलसँग मैत्रीपूर्ण फुटबल खेलिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !