बाँकेमा दश जनालाई कोरोना

नेपालगञ्ज – बाँकेमा १० जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, यहाँका तीन वटा ल्याबमा ७५ जनाको परीक्षण गर्दा १० जनामा कोरोना देखिएको छ । भेरी अस्पतालमा २२ जनामा २ जना, कोहलपुर मेडिकल कलेजमा २६ जनामा ५ जना र बागेश्वरी ल्याबमा २७ जनाको परीक्षण गर्दा तीन जनालाई कोरोना देखिएको छ ।
बाँकेमा सक्रिय संक्रमित ७६ जना रहेका छन् । यहाँका अस्पतालमा १७ जनाको उपचार भइरहेको छ । बिहीबार ११ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !