घट्दो छ कोरोना संक्रमण

नेपालगञ्ज – बाँकेमा कोरोना संक्रमणको दर घट्दो क्रममा रहेको छ । आठ सय बढी भएको सक्रिय संक्रमितको संख्या घटेर एक सय १८ मा झरेको छ ।
ल्याबहरुमा परीक्षण गर्ने र संक्रमण देखिने दर पनि घट्दो रहेको छ । सोमबार जिल्लाका तीन वटा ल्याबमा ७९ जनाको परीक्षण गर्दा २२ जनालाई कोरोना देखिएको छ । भेरी अस्पतालमा ४४ जनाको परीक्षण गर्दा १५ जना, कोहलपुर मेडिकल कलेजमा २४ जनामा ५ जना र बागेश्वरी ल्याबमा ११ जनामा दुई जनालाई कोरोना भएको छ ।
अहिले अस्पतालमा ११ जनाको उपचार भइरहेको छ । सोमबार ६ जना डिस्चार्ज भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !