गन्हाएको मोजा सुँघाएर ब्यूँतिन्न छारे रोगी

नेपालगञ्ज – गाउँघरमा छारे (मृगी) रोग लागेर ढलेको मानिसलाई गन्हाएको मोजा सुँघाउने गरेको पाइन्छ । अनि, मुखमा पानी हालिदिन्छन् ।
न्यूरो सर्जन डा. जोसन न्यौपानेले मोजा सुँघाएर छारे रोगले ढलेको व्यक्ति ब्यूँझिने धारणा गलत रहेको बताउनुभयो । उहाँले छारे भएर ढलेको व्यक्तिको मुखमा पानी हाल्नु मृत्युको कारण बन्न सक्ने जानकारी दिनुभयो ।
छारे रोगसम्बन्धी साक्षात्कारमा डा. न्यौपानेले छारे रोग नसर्ने बताउनुभयो । डा. न्यौपानेका अनुसार, जाजरकोटका एक शिक्षक ढलेछन् । धेरै मानिसले उसलाई छुन गएनन् । पछि घरबाट श्रीमती आएर उनको स्याहारसुधार गरिछन् । छारे रोग सर्छ भन्ने भ्रममा परेर स्थानीयले ती शिक्षकको नजिक गएका थिएनन् । छारे रोग लागेर व्यक्ति ढलेको एक मिनेटमा आफै ब्यूँतिन्छ ।
छारे रोग निको हुने रोग हो । अहिले पाँच सय बढी विरामी डा. न्यौपानेको सम्पर्कमा रहेका छन् । डा. न्यौपानेका अनुसार, छारे भएका व्यक्तिले रुख चढ्नु हुँदैन, गाडी नचलाउनु हुँदैन, झिलिमिली भएको ठाउँमा जानु हुँदैन, आगो, पानीमा जानु हुँदैन, बत्ती बालेर मोबाइल र टिभी हुनुपर्छ, पूरा निद्रा सुत्नु पर्छ । समयमा उपचार गरेमा छारे रोग निको हुने डा. न्यौपानेको भनाई छ ।


error: यो सुविधा उपलब्ध छैन !