भेरोसेल खोप लगाएका युवकको मृत्यु

नेपालगञ्ज – भेरोसेलको दुवै मात्रा खोप लगाएका खजुराका युवाको कोरोनाबाट मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके खजुरा गाउँपालिका वडा नं. २ का २३ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ । उनले कोरोनाविरुद्धको भेरोसेल दुवै मात्रा खोप लगाएका थिए ।
माघ २७ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । आज विहान ५ बजे भेरी अस्पतालमा उनको मृत्यु भएको छ ।
योेसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५१ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !