कोरोनाबाट ८४ वर्षीय पुरुषको मृत्यु

नेपालगञ्ज – पीसीआर रिपोर्ट पोजिटिभ आएको दश दिनमा एक जनाको मृत्यु भएको छ ।
बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ का ८४ वर्षीय पुरुषको गएराती मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादर वलीले जानकारी दिनुभयो । कोरोनाका दुवै खोप लगाएका ८४ वर्षीय पुरुषलाई माघ १८ गते पीसीआर जाँच गरिएको थियो । १९ गते उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको गएराती १०.३० बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ५० पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !