विशालनगरचोकमा हाइमाष्ट लाइटको शिलान्यास

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ को विशालनगरचोकमा हाइमाष्ट लाइट जडानका लागि बिहीबार शिलान्यास गरिएको छ ।
वडा अध्यक्ष दिपक वर्माले हाइमाष्ट लाइट जडानका लागि शिलान्यास गर्नुभएको हो । वडा कार्यालयको आठ लाख २५ हजारको लागतमा हाइमाष्ट लाइट जडान हुन लागेको हो । वडा अध्यक्ष वर्माले तेजनगरमा हाइमाष्ट लाइट शिलान्यास गरेको एक महिना नपुग्दै विशालनगर चोकमा अर्को हाइमाष्ट लाइटको शिलान्यास गर्नुभएको हो । विशालनगर र तेजनगर भन्दा पहिले गतवर्ष नै कारकादौंमा यसअघि वडा कार्यालयको लागतमा २ वटा हाइमाष्ट लाइट जडान भइसकेको छ । वडा अध्यक्ष वर्माले सबै टोल र वस्तीलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्य अघि बढाइएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य दिग्विजय ढुंगाना लगायत टोलबासीको उपस्थिति रहेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !