जबरजस्ती करणीमा सांसद बानियाविरुद्ध मुद्दा दर्ता

नेपालगञ्ज – सांसद मोहन बानियाविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेमा सांसद बानियाविरुद्ध जबरजस्ती करणीमा मुद्दा दर्ता भएको हो । जुम्लाकी एक शिक्षिकाले सांसद बानियाले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि बाँके प्रहरीले उक्त जाहेरी दर्ता गरेको हो ।
शाही थरकी महिलाले माघ १९ गते नेपालगञ्जको अप्सरा होटलमा सांसद बानियाले कण्डम लगाएर दुई पटक जबरजस्ती करणी गरेको जाहेरी दिएकी छन् । गत सोमबार दिइएको जाहेरी आज बिहीबार दर्ता भएको हो ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाविरुद्धको जाहेरी दर्ता भएको जानकारी दिनुभयो । प्रहरी प्रवक्ता न्यौपानेले अदालतबाट पक्राउ पूर्जी जारी भएपछि बानियालाई नियन्त्रणमा लिने बताउनुभयो ।
सांसद बानियाले आफ्नो राजनीति सिध्याउन सुनियोजित तरिकाले फसाइएको प्रतिक्रिया दिनु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !