५२ ग्राम ब्राउनसुगरसहित दुई पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले ठूलो मात्रामा ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार, नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ बाट ५२ ग्राम ५ सय मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा अछाम तुर्माखाद घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षका प्रेम चलाउने र अछाम पञ्चदेव घर भई हाल नेपालगञ्ज बसपार्कमा बस्ने १८ वर्षका गौरव विष्ट रहेका छन् ।
प्रहरीले विशेष सूचनाका आधारमा दुई जनालाई पक्राउ गरेको बताएको छ । पछिल्लो दिनमा बाँके प्रहरीले लागु औषधीविरुद्ध अप्रेसन नै चलाएको छ । केही दिनयता ठूलो मात्रासहित ब्राउनसुगरका डिलर सञ्चालन नै पक्राउ परेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !