२० जना विरामी, ४० जना सन्चो

नेपालगञ्ज – बाँकेमा ४० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
१६ जना महिला र २४ जना पुरुषले कोरोनालाई जितेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो ।
जिल्लामा बिहीबार नै २० जना संक्रमित थपिएका छन् । यहाँका तीन वटा ल्याबमा ६३ जनाको परीक्षण गर्दा २० जना थपिएका हुन् । थपिएका २० जनामध्ये १२ जना बाँके जिल्ला निवासी रहेका छन् । अरु बाहिरी जिल्लाका हुन् ।
भेरी अस्पतालमा ३० मा १४, कोहलपुर मेडिकल कलेजमा २४ मा ४ र बागेश्वरी ल्याबमा ९ जनाको परीक्षण गर्दा २ जनामा कोरोना देखिएको छ ।
बाँकेमा सक्रिय संक्रमित ३ सय ४१ जना रहेका छन् । २९ जनाको अस्पतालमा उपचार भइरहेको छ । अरु होम आइसोलेसनमा रहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !