आठ किलो चाँदी बरामद

नेपालगञ्ज – सशस्त्र प्रहरीले भारतबाट नेपालगञ्ज ल्याउदै गरेको आठ किलो चाँदी बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेबाट खटिएको प्रहरीले नेपालगञ्जको चौलिक्का चोकबाट आठ किलो २ सय ९६ ग्राम चाँदी बरामद गरेको हो । युपी ३२ इके ८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर ल्याउदै गरेको उक्त चाँदी सशस्त्र प्रहरीले बरामद गरेको प्रहरी निरीक्षक धर्मेन्द्र बमले जानकारी दिनुभयो ।
बरामद चाँदी ८ लाख ६७ हजार ७ सय १५ रुपैया र मोटरसाइकल ८० हजार मूल्य बराबरको रहेको छ । सशस्त्र प्रहरी सहायक निरीक्षकद्वय तीर्थबहादुर भाटक्षेत्री र गोविन्द विहारी शुक्लाको टोलीले चाँदी बरामद गरेको थियो ।


error: यो सुविधा उपलब्ध छैन !