३९ जना थपिए, ५० जना निको भए

नेपालगञ्ज – बाँकेमा ३९ जनालाई कोरोना देखिएको छ ।
जिल्लाका तीन वटा ल्याबमा ७३ जनाको परीक्षण गर्दा ३९ जनामा कोरोना देखिएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले जानकारी दिनुभयो ।
भेरी अस्पतालमा ३३ मा १८, कोहलपुर मेडिकल कलेजमा २७ मा १२ र बागेश्वरी ल्याबमा १३ जनाको परीक्षण गर्दा ९ जनामा कोरोना देखिएको छ । बाँकेमा मंगलबार ५० जना डिस्चार्ज भएका छन् ।
जिल्लामा सक्रिय संक्रमित ३ सय ८८ जना रहेका छन् । अस्पतालमा ३० जनाको उपचार भइरहेको छ ।
यसैबीच, कैलालीका ६८ वर्षीया महिलाको भेरी अस्पतालमा मृत्यु भएको छ । माघ २४ गते पीसीआर गरिएका उनलाई २४ दिन भर्ना गरिएको थियो । २५ गते दिउँसो १२.३० बजे मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !