तमौलीलाई ‘अभद्र व्यवहार’मा कारबाही

 

नेपालगञ्ज – ‘पत्रकार हुँ’ भन्दै नाकाका प्रहरीसँग पैसा उठाउने मनोज तमौलीलाई अभद्र व्यवहारमा कारबाही हुने भएको छ ।
जानकी गाउँपालिकाका तमौली शनिबार दोस्रो पटक पक्राउ परेका थिए । भन्सारमा खटिएका प्रहरी हवल्दारसँग दश हजार रुपैया मागेका तमौलीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय, नेपालगञ्ज पठाइएको थियो ।
तमौलीले नाकामा खटिएका प्रहरीलाई ‘तिमीले पैसा लिएको भिडियो छ । पैसा देऊ नत्र सार्वजनिक गरिदिन्छु’ भन्दै धम्क्याउने गर्दथे । शनिबार एक हवल्दारसँग दश हजार मागेका उनले चार हजार रुपैया हात पारेका थिए ।
तमौली पटके हुन् । यसअघि पनि प्रहरीलाई क्यामेरा किनिदेउ भन्दै धक्म्याएका थिए । प्रहरीले त्यतिबेला सार्वजनिक मुद्दा चलाएको थियो । तमौली धरौटीमा छुटेका थिए ।
तमौलीले क्राइम सतर्क टेलिभिजनको कार्ड बोकेका छन् । यसअघि एबीपी क्राइम न्यूजको कार्ड लिने गर्दथे । एबीपी क्राइम न्यूजका आशिष मल्ल केही दिनअघि मात्रै धरौटीमा छुटेका छन् । यी दुवै पत्रकारका नाममा गलत काममा लाग्ने प्रहरीको भनाई छ । दुवै जना पत्रकारका कार्यक्रमहरुमा पनि देखा पर्ने गर्दछन् । यद्यपि, महासंघको सदस्य छैनन् ।


error: यो सुविधा उपलब्ध छैन !