५० जना डिस्चार्ज

नेपालगञ्ज – बाँकेमा आइतबार ५० जना कोरोना संक्रमित निको भएका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले २७ महिला र २३ पुरुषले कोरोना जितेको जानकारी दिनुभयो । कोरोना जितेका डिस्चार्ज भएका छन् ।
आइतबार नै बाँकेमा १३ जना संक्रमित थपिएका छन् । भेरी अस्पताल र कोहलपुर मेडिकल कलेजमा जाँच गरेका ३१ जनामध्ये १३ जनामा कोरोना देखिएको हो । बाँकेमा सक्रिय संक्रमित ४ सय ११ रहेका छन् । अस्पतालमा दुई जना सिकिस्त, ३४ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !