खोप नलगाएका व्यक्तिको मृत्यु

नेपालगञ्ज – बाँकेमा कोरोना खोप नलगाएका एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके नरैनापुर गाउँपालिका वडा नं. २ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । माघ १० गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई ११ गते भर्ना गरिएको थियो । उनको शनिबार विहान ८.३० बजे मृत्यु भएको छ ।
मृतकले कोरोनाविरुद्धको खोप लगाएका थिएनन् । योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४९ पुगेको छ । फोकलपर्सन वलीले मृतकको पछिल्लो विवरण हेर्दा खोप लगाएकामध्ये जेष्ठ नागरिक र खोप नलगाएका कम उमेरका व्यक्तिको मृत्यु भइरहेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !