प्रेस चौतारीको स्थापना दिवसमा पत्रकारको निशुल्क आँखा जाँच

नेपालगञ्ज – प्रेस चौतारी, नेपालको स्थापना दिवसको अवसरमा शनिबार बाँकेका पत्रकारको निशुल्क आँखा जाँच गरिएको छ ।
प्रेस चौतारी, बाँकेको आयोजना तथा भिजन आँखा अस्पतालको प्राविधिक सहयोगमा बाँकेका पत्रकारको आँखा जाँच गरिएको हो ।


डा. प्रचण्ड गौतमका अनुसार, ५० जना पत्रकारले आँखा जाँच गरेकोमा ३० जनाको आँखामा सुख्खापनको समस्या रहेको छ । धेरैबेर मोबाइल, ल्यापटप, कम्प्यूटरमा बस्ने भएकाले आँखामा सुख्खापनको समस्या भएको डा. गौतमको भनाई छ ।


प्रेस चौतारी, बाँकेले शुभकामना आदान प्रदान र केक काटेर स्थापना दिवस मनाएको छ । प्रेस चौतारी, बाँकेका अध्यक्ष दुर्गा रोकायको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले, बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपति, प्रेस चौतारीका नेता शिव डोटेल र रुद्र सुवेदी, नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष दामोदर भण्डारी, प्रेस युनियनका अध्यक्ष अर्जुन वलीलगायतले शुभकामना दिनु भएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !