कोरोनाबाट महिलाको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ३ का ६५ वर्षीया महिलाको भेरी अस्पताल, नेपालगञ्जमा गएराती मृत्यु भएको हो ।
माघ २२ गते पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । अस्पतालमा भर्ना भएको भोलीपल्टै राती १० बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४ सय ४३ पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !