विद्यार्थीलाई मोडर्ना खोप

नेपालगञ्ज – बाँकेमा विद्यार्थीलाई मोडर्ना खोप लगाउन शुरु गरिएको छ ।
स्वास्थ्य कार्यालय, बाँकेले १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोनाविरुद्धको मोडर्ना खोप लगाउन शुरु गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाह, एसपी श्यामकृष्ण अधिकारी, खोप अधिकृत नरेश श्रेष्ठको उपस्थितिमा नेपालगञ्जको धम्बोझी माविबाट खोपको शुरुवात गरिएको थियो ।


स्वास्थ्यकर्मीले स्कूल–स्कूलमा पुगेर बालबालिकालाई खोप लगाइरहेका छन् । बाँकेमा १२ देखि १७ वर्ष उमेरका ६९ हजार बालबालिका रहेका छन् ।


सरकारले खोप लगाउनका लागि स्कूल खोलेको छ । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले जिल्लाका दुई सय ७० वटा स्कूलबाट खोप लागि रहेको बताउनुभयो । ‘सबैलाई पायक पर्ने गरी विद्यालय छनौट गरेर त्यहाँबाट खोप लगाइरहेका छौं, स्वास्थ्य कार्यालय प्रमुख शाहले भन्नुभयो, दुई दिनसम्म खोप लगाउने हो । भ्याइएन भने अरु दिन पनि लगाइन्छ ।’


error: यो सुविधा उपलब्ध छैन !