कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, बाँके खजुरा गाउँपालिका वडा नं. २ का ८५ वर्षीय पुरुषको मृत्यु भएको छ ।
पुस २३ गते भेरी अस्पतालमा पीसीआर गरिएका उनलाई भोलीपल्ट भर्ना गरिएको थियो । उनको आज विहान ८.४५ बजे मृत्यु भएको छ ।
योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ४७ जना पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !