गाईको मासुसहित तीन जना पक्राउ

नेपालगञ्ज – बाँके प्रहरीले गाईको मासुसहित तीन जनालाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय, धनौलीको टोलीले खजुराको चमकदारपुरबाट ४० किलो गाईको मासुसहित सलमा साई, आलम साई र कलिमुन साईलाई पक्राउ गरेको हो । गाई काट्ने कार्यमा संलग्न दुई जना फरार रहेका छन् ।
बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले ४० किलो गाईको मासुसहित तीन जनालाई पक्राउ गरिएको र दुई जना फरार रहेको जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !