सशस्त्रका सईले किन धोवीको कानको झाली फुटाइदिए ?

नेपालगञ्ज – हिरमिनिया रिहारका बदलु लोधले वर्षौदेखि खेती गरिरहेको एक विगाह ऐलानी जग्गामा भंघोट्नाका अरु मानिस पनि आएर बस्न थाले । रातारात त्यहाँ केही झुपडी बने भने धेरैजसोले बास गाडेर जग्गा ओगट्ने काम गरे ।
ऐलानी जग्गामा गाउँका मानिस बस्न थालेपछि राममनोरथ धोवीले ‘म पनि गरीव छु । अरुलाई बस्न दिने हो भने मलाई पनि बस्न दिनुस्’ भनेछन् । यत्तिकैमा ‘धेरै बोलेको’ भन्दै सशस्त्र प्रहरीका प्रहरी नायव निरीक्षक (सई) ले धोवीलाई कानको झाली फुट्ने गरी कुटपिट गरे । सामान्य कुराकानी भइरहेको बेलामा नेपाल प्रहरीसमेत उपस्थित रहेको ठाउँमा सशस्त्र प्रहरीका सईले किन अगाडि सरेर धोवीलाई कानको झाली फुट्ने गरी कुटे ? प्रश्न उब्जिएको छ ।
हिरमिनियामा रहेको सशस्त्र प्रहरीको कालाबञ्जर पोष्ट नजिकको ऐलानी जग्गामा कसैलाई बस्न दिने र कसैलाई नदिने भनिएपछि सामान्य भनाभन भएको थियो । अहिले त्यहाँ चार÷पाँच घर झुपडी बनाएर बस्न थालेका छन् भने धेरैले बास गाडेर जग्गा ओगटेका छन् ।


ऐलानी जग्गामा राजनीति हुन थालेको देखिन्छ । चुनाव नजिक आएकाले नेताहरुले चलखेल गरेका छन् । राजनीतिक चलखेलका कारण ऐलानी जग्गामा आँखा गाडिएको छ । पालिकाले त्यस्ता ऐलानी जग्गालाई संरक्षण गर्नुपर्छ ।
नाकामा सशस्त्र प्रहरीलाई सीमाको सुरक्षा गर्न राखिएको छ । राजनीतिक विवादमा अघि सरेर जनताको कानको झाली फुट्ने गरी कुट्न पठाइएको होइन । विवाद भएको भए नेपाल प्रहरी उपस्थित थिए, उनीहरुले छुट्याउन सक्थे । सशस्त्र प्रहरीका सईले किन हातै हाले ? यस विषयमा विभागले छानबिन गर्न जरुरी देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !