कोरोनाबाट दाङका ८० वर्षीयको मृत्यु

नेपालगञ्ज – नेपालगञ्जका दाङबाट उपचार गराउन आएका कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, दाङ शान्तिनगर गाउँपालिका वडा नं. ३ का ८० वर्षीय पुरुषको मृत्यु भएको छ ।
माघ १६ गते भेरी अस्पताल, नेपालगञ्जमा पीसीआर गरिएका उनलाई त्यही दिन भर्ना गरिएको थियो । उनको गएराती ११.५० बजे मृत्यु भएको छ ।
योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका ४ सय ४२ जनाको मृत्यु भएको छ ।


error: यो सुविधा उपलब्ध छैन !