७१ जना डिस्चार्ज, ३६ जना थप

नेपालगञ्ज – बाँकेमा ७१ जनाले कोरोनालाई जितेका छन् ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, आइतबार ४१ महिला र ३० पुरुषले कोरोनालाई जितेका छन् ।
७१ जना डिस्चार्ज हुँदा ३६ जना संक्रमित थपिएका छन् । भेरी अस्पतालमा २२ मा १४ जना, कोहलपुर मेडिकल कलेजमा ३७ जनामा १६ जना र बागेश्वरी ल्याबमा २० जनाको परीक्षण गर्दा ६ जनामा कोरोना देखिएको छ ।
बाँकेमा सक्रिय संक्रमितको संख्या ८ सय ३५ जना रहेको छ । अस्पतालमा २ जना सिकिस्त, ३३ जना मध्यम र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !