उपरथी श्रेष्ठद्वारा होल्डिङ सेन्टरको निरीक्षण

नेपालगञ्ज – नेपाली सेनाको निरीक्षणाधिकृत विभागका निरीक्षणाधिकृत उपरथी निरञ्जनकुमार श्रेष्ठले नेपालगञ्जमा निर्माणाधीन होल्डिङ सेन्टरको निरीक्षण गर्नु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १४, भवानीयापुरमा एक हजार बेडको होल्डिङ सेन्टर बनिरहेको छ ।
निरीक्षणपछि उपरथी श्रेष्ठले आवश्यक समन्वय र सहकार्य गरी समयमै होल्डिङ सेन्टर सञ्चालन गर्न निर्देशन दिनुभयो । उहाँले होल्डिङ सेन्टर जाने सडकको उचित मर्मत सम्भार गर्न आग्रह गर्नुभयो ।


होल्डिङ सेन्टरमा श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठक, बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री, भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की, सुरक्षा निकायका प्रमुख तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो ।


error: यो सुविधा उपलब्ध छैन !