प्रादेशिक महोत्सवको तयारी पूरा
नेपालगन्ज – नेपालगन्ज उद्योग बाणिज्य संघले प्रादेशिक महोत्सवको तयारी पूरा भएको जनाएको छ । संघले माघ १० देखि २२ गतेसम्म प्रादेशिक महोत्सव आयोजना गर्दैछ ।
कारकाँदोस्थित सडक डिभिजन कार्यालय परिसरमा आयोजना गरिने महोत्सवमा ३ सय ५० वटा स्टल रहने र ३ लाख मानिसले अवलोकन गर्ने संघका अध्यक्ष टंकबहादुर धामीले बताए । महोत्सवमा सय रुपैया टिकट राखिएको छ । विद्यार्थीलाई ७५ रुपैया कायम गरिएको छ । महोत्सवको पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महोत्सवलाई व्यवस्थित र भब्य बनाउन ७ सय ५१ जनाको मूल समिति, १ सय ५१ जनाको मूल सल्लाहकार समिति र २७ वटा उपसमिति बनाइएको महासचिव भीमबहादुर रानाभाटले बताए । महोत्सवमा राष्ट्रियस्तरका कलाकारको बजोड प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक मख्खनबहादुर धामीले बताए ।