राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने
नेपालगन्ज – आगामी शनिबार नेपालगन्जमा सातौं मेयर कप राष्ट्रिय साइकल दौड प्रतियोगिता हुने भएको छ ।
नेपालगन्ज साइक्लिङ क्लवको आयोजनामा पुस ६ गते प्रतियोगिता हुन थालेको हो । ‘संस्कृति, प्रकृति, स्वास्थ्य, पर्यटन र खेलकुदका लागि साइकल’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा देशभरीबाट ९० जना साइक्लिष्टले भाग लिने क्लवका अध्यक्ष प्रदीप सापकोटाले जानकारी दिए । प्रतियोगिता विभिन्न ५ विधामा हुनेछ भने दुई विधानमा राष्ट्रि खेलाडीले भाग लिनेछन् ।
नेपालगन्जको वीपीचोकबाट शुरु हुने दौड कोहलपुर पुगेर पुनः वीपीचोकमा आएर समापन हुने कार्यक्रम संयोजक कविराम बुढाथोकीले जानकारी दिए । क्लवले नेपालगन्ज र आसपासमा छरिएर रहेका साइक्लिष्टहरुलाई एकीकृत एवं संगठित गर्दै विभिन्न कार्यक्रम गर्ने गरेको छ । साइक्लिङ जनेचतनामूलक ¥याली, साइक्लिङ कोरा, मेयर कप, दुर डे ठाकुरद्वारा क्लवले गर्दै आएको सचिव इन्द्रकुमार गिरीले बताए ।
बुधबार पत्रकार सम्मेलन गरेर क्लवले मेयर कपका बारेमा जानकारी दिएको हो । कार्यक्रममा नेपालगन्जका उपमेयर कमरुद्दिन राईलगायतको उपस्थिति थियो ।